यस्तो छ, नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी, र्‍यापर, मेयरदेखि प्रधानमन्त्रीसम्म

काठमााडौं, १३ चैत। ३६ वर्षीय युवा बालेन्द्र शाह नेपालको ४३औं प्रधानमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां का वरिष्ठ नेता शाह संविधानको धारा ७६(१ं) बमोजिम प्रधानमन्त्री बनेका हुन् । यो धारा अन्र्तत २०७२ संविधान जारी भएपश्चात पहिलो पटक हो ।
शीतलनिवासमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गएको फागुन ९२१० को प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–५ बाट निर्वाचित भएका थिए । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले करिब ५० हजार मतान्तरले पराजित गरेका थिए । बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत मात्रै पाए ।

उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका थिए । २०७९ वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी स्वतन्त्र उमेदवार थिए । र, भारी मतले निर्वाचित बने ।

शाहले ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत मात्रै पाएकी थिइन् । शाहले गएको माघ ४ गते मेयर पदबाट राजीनामा दिएका थिए ।

छोटो अवधिमै छलाङ मार्दै उनी प्रधानमन्त्री पदमा पुगेका छन् । ०८२ भदौको जेनजी आन्दोलनपछि शाहलाई प्रधानमन्त्री बन्न जेनजी अगुवाले प्रस्ताव गरेका थिए । शाहले अस्वीकार गरे । र, रास्वपाबाट चुनाव लडे । रास्वपाले उनलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । चुनावबाट रास्वपा दुई तिहाइ नजिक पुग्यो । १८२ सिट जितेको रास्वपाबाट बालेन प्रधानमन्त्री बनेका हुन् ।

यस्तो छ प्रधानमन्त्री शाहको पुष्ठभूमि:

बालेन ०४७ वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका हुन् । उनी आयुर्वेदिक चिकित्सक स्व। रामनारायण शाह र आमा धुव्रदेवी शाहका सुपुत्र हुन् ।

बालेन सिभिल इन्जिनियर, संरचनात्मक अनुसन्धानकर्ता, लेखक, कलाकार पनि हुन् । उनी चर्चित र्‍यापर हुन् । दुई दर्जनभन्दा बढी र्‍याप कम्पोज गरेका छन् । उनका र्‍याप भ्रष्टाचारको विरोध तथा सुशासनको अपेक्षा, युवा तथा सामाजिक मुद्दामा बढी केन्द्रित छन् ।

जसले पूर्वाधार विकास, सम्पदा संरक्षण तथा सार्वजनिक नेतृत्वमा विषयगत अनुभव हासिल गरेका छन् । महानगरको मेयर हुँदा उनले महानगरपालिकाका अवैध संरचना हटाउन, फुटपाथ तथा सहरी व्यवस्थापनमा केही काम गरे ।

पुल, सडक र भवन डिजाइन तथा निर्माणमा अनुभव आर्जन गरेका शाहले सम्पदा संरक्षण तथा संरचनागत संरक्षण, पर्यटनमार्फत आर्थिक विकास र परम्परागत नेवार वास्तुकलामा विशेष जोड दिएका छन् । उनले ०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा राष्ट्रिय विकासमा सक्रिय योगदान दिएका थिए ।

शाहले काठमाडौं विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्दैछन् । पर्यटन तथा अर्थतन्त्र प्रवद्र्धनका लागि काठमाडौंका नेवार संरचनाहरूको संरक्षण उनको शोधको विषय हो । विश्वेश्वरैया प्राविधिक विश्वविद्यालय भारतबाट एम।टेक ९संरचनात्मक इन्जिनियरिङ० गरेका छन् । नेपालको पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए । यो सँगै थुप्रै अुनुभव उहाँसँग छ ।

प्रतिक्रिया दिनुहोस्