प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिए

काठमााडौं, १३ चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई रास्वपाका सभापति रवि लामिछानेले बधाई दिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा शपथपछि लामिछानेले प्रधानमन्त्री शाहलाई बधाई दिँदै अँगालो मारेका हुन्।

प्रधानमन्त्री बनेका शाह रास्वपाका वरिष्ठ नेता हुन्। रास्वपाका सभापति लामिछानेसहित पूर्वप्रधानमन्त्रीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा‍. बाबुराम भट्टराईले पनि बधाई दिन पुगेको थिए ।

प्रतिक्रिया दिनुहोस्