मातृभाषामा शपथ लिने सांसदंहरूको सङ्ख्या ६३ पुग्यो
काठमाडौं, १२ चैत । मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसदं) हरूको सङ्ख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रूपमा उपस्थित भएर जानकारी गराएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।
आज सांसदहरूले शपथ लिएसँगै भोलि प्रधानमन्त्रीको रूपमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिने तालिका छ ।














प्रतिक्रिया दिनुहोस्