युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ बढ्यो, अन्यको कस्तो ?
काठमाडौं, ११ चैत। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको लागि विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी र अष्ट्रेलियन डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांकको भाउ भने बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको थियो ।
आज युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७४ रुपैयाँ २३ पैसा थियो ।
आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा कायम छ । हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ५० पैसा र बिक्रीदर २०१ रुपैयाँ ३० पैसा थियो ।
आज स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ २५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०१ पैसा कायम गरिएको थियो ।
अष्ट्रेलियन डलरको भाउ घट्यो
आज अष्ट्रेलियन डलरको भाउ हिजोको तुलनामा घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २७ पैसा थियो ।
आज क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा थियो ।
आज सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६६ पैसा तोकिएको छ । हिजो सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८६ पैसा तोकिएको थियो ।
आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८३ पैसा छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४० रुपैयाँ ०९ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१ रुपैयाँ १९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा तथा युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९७ पैसा छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०४ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा छ ।
स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २६ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा तथा कुवेती दिनार एकको खरिददर ४८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४९० रुपैयाँ ८३ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८८ पैसा रहेको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।














प्रतिक्रिया दिनुहोस्