नेप्से करिब ८ महिनाकै उच्च अंकमा, कारोबार रकम भने घट्यो
काठमाडौ, १० चैत । आज नेपाली सेयर बजारको परिसूचक नेप्से बढ्ने क्रम जारी छ । नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो ।
१३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ९।१२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन् । तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९।९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो ।
त्यस्तै बैंकिङ ०।६७, विकास बैंक १।३८, फाइनान्स ०।५१, हाइड्रोपावर १।३२, लगानी ०।११, उत्पादन तथा प्रशोधन समूह ०।८६ प्रतिशत बढे । त्यस्तै होटल तथा पर्यटन समूह ०।१७, जीवन बीमा ०।३७, माइक्रोफाइनान्स ०।४६, निर्जीवन बीमा ०।३८ तथा व्यापार समूह ०।१६ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६।५६ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५।११ तथा मेरो माइक्रोफाइनान्सको ४।५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन् ।














प्रतिक्रिया दिनुहोस्