आज पनि घट्यो सुन, चाँदीको भने बढ्यो

काठमाडौ., १० चैत । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटेको छ । तर आज भने चाँदीको मूल्य बढेको छ। यस दिन सुनको मूल्य एकै दिन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दिनमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ ।

आजको बजारमा चाँदीको मूल्य भने बढेको छ । यस दिन चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्