नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी, हरेक वर्ष करिब १६ हजार जनाको मृत्यु
काठमाडौं, ९ चैत। नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। यो एक संक्रामक रोग हो, जसले हरेक वर्ष हजारौं मानिसलाई प्रभावित पारिरहेको छ।
राष्ट्रिय क्षयरोग निवारण केन्द्रले आयोजना गरेको पत्रकार भेटघाटमा नेपालमा अझै क्षयरोग संक्रमण जटिल समस्याको रुपमा रहेको जानकारु दिएको हो । केन्द्र दिएको जानकारी अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन्, जसको दर प्रति एक लाख जनसंख्यामा २२७ छ। साथै, हरेक वर्ष करिब १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति एक लाखमा ५३ रहेको छ। उसुले नेपालमो निकै संजतिल समस्याको रुपम रहेको छ ।
गत आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ बिरामी पहिचान गरी उपचार गरिएको थियो। तीमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका थिए। उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग र २८ प्रतिशतमा फोक्सोबाहेक अन्य अंगमा हुने क्षयरोग देखिएको थियो।
यसैगरी, औषधि–प्रतिरोधी क्षयरोगका ६२५ बिरामी पहिचान गरिएको थियो। उपचार सफलता दर औषधि–संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि–प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको जनाएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। हाल देशभरका ६,२४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्।
उपसचिव कपिलप्रसाद तिमल्सेनाले औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको जानकारी दिंदै १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ भने एआई जडित ९ वटा डिजिटल एक्स–रेमार्फत समुदायस्तरमा सक्रिय बिरामी खोजी कार्य निरन्तर रूपमा भइरहेको बताए । उनले भने, हरेक वर्ष मार्च २४ का दिन विश्वभर विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यो दिवस मनाउने गरिएको छ।
यस वर्ष ‘हो१ हामी क्षयरोग अन्त्य गर्छौंस् राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ। यस नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई स्पष्ट रूपमा उजागर गर्ने राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ। मुख कन्सल्टेन्ट चेष्ट फिजिसियन डा.नविन प्रकाश शाहले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रकेन्द्रले यस वर्ष पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि कार्यक्रम बनाउँदै छ ।















प्रतिक्रिया दिनुहोस्