कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी
काठमाडौं, ९ चैत। नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ । केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् ।
सभापति गगन थापा चुनावपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजीनामा अस्विकृत गरेको थियो ।
सभापति थापाले अध्यक्षता गर्ने मंगलबारको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने एक केन्द्रीय सदस्यले जानकारी गराए ।
उनी भन्छन्,‘भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका आउँछ । वर्खा अघि क्रियाशील सदस्यताको काम सकेर तल्लो तहको अधिवेशन सुरु गर्छौं ।’ बीपी जन्मजयन्ती ९भदौ २४० मा महाधिवेशन उद्धघाट्न गर्ने गरी कार्यतालिका ल्याउने तयारी भएको ती नेताले जानकारी गराए ।
नियमित महाधिवेशन गर्ने गरी यसअघि पुसको कार्यतालिका ल्याइए पनि कार्यान्वयन भएको थिएन । नियमित महाधिवेशन नभएसँगै विशेष महाधिवेशन गरिएको थियो । पूर्व सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्षले विशेष महाधिवेशनको विपक्षमा देखिएका थिए(छन् ।
क्रियाशील सदस्यता सम्पूर्ण खारेज गरेर नयाँ सुरु गर्ने विषयमा पनि पार्टीभित्र बहस सुरु भएको छ । एक केन्द्रीय सदस्य भन्छन्,‘क्रियाशील सदस्यता सबै खारेज गरेर नयाँ तरिकाले अघि बढ्ने दबाब पनि छ । अर्कोतर्फ, क्रियाशील सदस्यतताको काम धेरै ठाउँमा सकिएको छ । यी दुबै कुरालाई मध्यनजर गरेर सदस्यताका बारेमा निर्णय लिन्छौं ।’














प्रतिक्रिया दिनुहोस्