जनकपुरको रत्नसागरमा एक युवतीको शव फेला

धनुषा । जनकपुरको रत्नसागर पोखरीमा शनिवार एक युवतीको शव भेटिएको छ ।

जनकपुर उपमहानगरपालिका–८ मा पर्ने रत्नसागर पोखरीमा रातो कुर्ता सुरुवाल लगाएकी गहुँगोरो वर्णकी अन्दाजी २०/२२ वर्षकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

युवतीको ८/१० घण्टा पहिले डुबेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको र पोखरी आसपासका बासिन्दाले समेत शवको पहिचान गर्न नसकेकाले थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पोखरीमा शव तैरिएको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्