कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भएको थियो । आइतबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राखिरहेका छन् ।

बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राखिरहेका छन् । अधिकांश सदस्य सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्