यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रूपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७० रूपैयाँ ३७ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिददर १७० रूपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रूपैयाँ २८ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रूपैयाँ ११ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५४ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिददर १०४ रूपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३५ पैसा थियो।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रूपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०७ रूपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रूपैयाँ २७ पैसा र बिक्रीदर ११५ रूपैयाँ ७४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ३० पैसा र बिक्रीदर नौ रूपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रूपैयाँ ४४ पैसा र बिक्रीदर २१ रूपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३९ रूपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपैयाँ ५७ पैसा र बिक्रीदर ४० रूपैयाँ ७४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५० पैसा र बिक्रीदर चार रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ४० रूपैयाँ २८ पैसा र बिक्रीदर ४० रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८६ पैसा र बिक्रीदर नौ रूपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५ रूपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७१ पैसा र बिक्रीदर २२ रूपैयाँ ८० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रूपैयाँ २१ पैसा र बिक्रीदर ३८५ रूपैयाँ ७७ पैसा रहेको छ।

यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्