रवि लामिछानेको मुद्दामा बहस सकियो, आज आउला त फैसला ?
काठााडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा बहस सकिएको छ ।
न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा गत चैत १ गतेदेखि जारी रहेको बहस आज सकिएको हो ।
आज खाजा समयअघि निवेदकतर्फको जवाफी बहस सकिएपछि फैसलाको प्रतीक्षा सुरु भएको छ । भ्याएसम्म आजै फैसला हुने नत्र भोली हुने अदालत स्रोतले बतायो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गरिएको छ ।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, दिनेश त्रिपाठी लगायतले बहस गरेका छन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतको टोलीले बहस गरेको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र शंसोधन गर्ने निर्णय गरेकी थिइन् । यो मुद्दा निकै चासोका साथ हेरिएको छ ।
स














प्रतिक्रिया दिनुहोस्