एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, चाँदीको नि ?
काठााडौं, ५ चैत । नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ केही सातायता घटिरहेको छ । गत माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको रेकर्ड मूल्य बनेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ । चाँदी पनि गत माघ १५ गते हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।
३च्भकग














प्रतिक्रिया दिनुहोस्