डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।

उनकै इच्छा अनुसार जन्मथलो लैजान लागिएको हो । उनलाई हेलिकोप्टरबाट गारखाको बोहोरा गाउँ र्पुयाइनेछ र पुर्खौली घरमा केहीबेर राखिने पारिवारिक स्रोतले जनाएको छ ।
डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिष्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेका थिए । त्यस अनुसार गोरखा लगेर केहीबेरमै फर्काइने देवकोटाका भतिज डा डा।उपेन्द्रका भतिज बसन्त देवकोटाले जानकारी दिए ।

पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। बसन्त देवकोटाका अनुसार डा. उपेन्द्रलाई बेलाबेलामा रोगले च्याप्ने र बेलाबेलामा सुधार भएको जस्तो देखिने गरेको छ ।

तर, शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार पीडामा परी त्यसको पछि नलाग्न सबैलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्