प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि दिने

काठमाडौं, ४ चैत । निर्वाचन आयोगले भोलि (बिहिबार) प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ ।

भोलि बिहान आयोगले १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको हो । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइने आयोगले जनाएको छ ।

आायोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा ९एमाले०बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट ९ जना, श्रम संस्कृति पार्टी ९श्रसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट ४–४ जना निर्वाचित भएका छन् । ६दलबाट ११० जना सांसदहरु निर्वाचित भएका छन् ।

नवनिर्वाचित सांसदहरुको सपथ भने चैत १२ गते हुने भएको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरुको शपथ गराउने तयारी गरेको छ । त्यसपछि सरकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्