रास्वपाको भिमुखीकरणमा आज सभापति लामिछाने र वरिष्ठ नेता शाहले समापनमा सम्बोधन गर्ने
काठमाडौं, ४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुको लागि हिजोदेखि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्दै समापन हुने भएको छ ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको तालिका छन् । मंगलबारबाट जारी अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
आज सभापति लामिछाने र वरिष्ठ नेता शाह समापनमा सहभागी हुन लागेका हुन् ।














प्रतिक्रिया दिनुहोस्