राजनीतिक प्रणालीको खराबीले नेपाल गरिब बन्यो  : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रणालीको खराबीले नेपाल गरिब हुन पुगेको बताएका छन् ।
प्रदेश नम्बर १ को संसदलाई शनिवार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई सम्पन्न बनाउने अभियानमा सरकार लागेको दाबी समेत गरे । अहिले पनि ६० लाखभन्दा बढी निरपेक्ष गरिबीको रेखामूनि रहेको भन्दै उनले अब सबैलाई सम्पन्न बनाउने र कोही पनि खान नपाइ मर्ने अवस्था नहुने बताए ।

आफूलाई सेवक नभइ शासक ठान्ने र राष्ट्रको सम्पत्ति संग्रहित गरेर आफ्नो अनुकुल गर्ने यस अघिको खराब राजनीतिक प्रणालीका कारण नै देश विकास हुन नसकेको र गरिबमाथि झन गरिब हुँदै गएको उनको भनाई थियो ।

अब आफ्नो सरकार जनपक्षीय प्रणाली स्थापित गर्दै देशलाई समृद्ध बनाउने अभियानमा लागेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्