नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

काठमाडौं, २ च्रैत । विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ । टेक इन्थ्युजियास्टहरुले निक्कै मनपराएको ब्राण्ड नथिङलाई नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईल्सले आयात तथा विक्रि वितरण गर्दै आएको छ ।
नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सेरिज नथिङ फोन फोर ए सेरिज हालै विश्व बजारमा उतार्यो । जुन सेरिजको नथिङ फोन फोर ए नेपाली बजारमा आईपुगेको छ । ८ जिवि र्याम, १२८ जिवि स्टोरेज, ८ जिवि र्याम २५६ जिवि स्टोरेज र १२ जिवि र्याम र २५६ जिवि स्टोरेज गरि नथिङ फोन फोर ए का तिन भेरियन्ट र ह्वाईट, ब्ल्याक, ब्लु र पिङ्क गरि चार भिन्न कलर अप्सनमा नेपाली बजारमा ल्याईएको हो ।
“नथिङ्का उत्पादनहरु अत्यन्त प्रिमियम छन्”, सिजी मोबाईल्सका महाप्रबन्धक विनय जोशी भन्छन्, “प्रिमियम डिजाईन, प्रिमयम स्पेक्स्, प्रिमियम प्रोडक्ट तर एफोर्डेबल प्राईसिङ जसले नथिङलाई विश्वभरका टेक इन्थ्युजियास्टले धेरै नै मनपराउँछन् । नेपाली बजारमा पनि नथिङ स्मार्टफोन तथा एक्सेसोरीज्मा उपभोक्ताको ठूलो क्रेज रहेको हामीले पाएका छौं ।”
५५ हजार नौ सय उनान्सय शुरुवाती मूल्य भएको नथिङ फोन फोर ए का शुरुवाती ग्राहकहरुलाई नथिङले ८ हजार नौ सय उनान्सय मूल्यको सिएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गर्ने भएको छ ।
नथिङले यसपटक आफ्नो फोर ए सेरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ । ७० एक्स अल्ट्रा जुम सहितको थ्रि क्यामेरा सेटअप भएको यो स्मार्टफोन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ठ क्यामेरा सेटअप भएको भनेर टेक रिभ्युअरहरुले भनेका छन् ।
एल्मुनियम फ्रेम, र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाईन अनि ग्लिफ लाईटको संयोजनले यो फोन अत्यन्तै प्रिमियम देखिएको छ । आईपी ६८ डस्ट एण्ड वाटर रेसिस्टेन्स सर्टिफाईन नथिङ फोर एको बक्स भित्रै प्रिमियम फोन केस समेत प्रदान गरिएको छ । तिन जेनेरेसन सम्मको एण्डरोईड अपडेट प्रमिस गरिएको नथिङ फोर ए मा ब्लोटवेयर रहित क्लिन नथिङ ओएस प्रदान गरिएको छ । नथिङ ओएस पर्सनलाईजेसन र कस्टमाईजेसनमा सबैभन्दा राम्रो ओएस पनि हो ।
नथिङको सिग्नेचर एसेन्सियल एआई टुल सहित गुगल जेमिनी र च्याट जिपिटी जस्ता प्रिमियम एआई टुल्स इन्टिग्रेटेड गरिएका यि स्मार्टफोनमा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्