पेट्रोल १५ र डिजेल/मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, उपभोक्ता मारमा
काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ बढाइएको छ भने डिजेलरमट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।
सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हो ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १७१ रुपैयाँ र तेस्रो वर्गका लागि १७२ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५१ रुपैयाँ र तेस्रो वर्गका लागि १५२ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
निगमले विषयम परिस्थितिका कारण पेट्रोलियम पदार्थको मूल्य बढाउनुपरेको जनाएको छ । ूयस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ । यसबाट आम उपभोक्तालगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ,ू निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।














प्रतिक्रिया दिनुहोस्