दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द
काठमाडौं, २ चैत । मध्यपूर्व युद्धको तनावका बीच दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द भएको छ । यात्री र कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको अधिकारीहरुले बताएका छन् ।
विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो । अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धका कारण संसारभरका हवाइ उडानहरुको ट्रान्जिट मानिने मध्यपूर्वका देशहरु प्रभावित भएका छन् ।
संसारकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौं उडान र लाखौं यात्री प्रभावित भएका छन् । यो विमानस्थलबाट सन २०२५ मा एक वर्षमा मात्रै ९ करोड यात्रीले यात्रा गरेका थिए ।














प्रतिक्रिया दिनुहोस्