प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सन्तोषजनक, कार्यान्वयनमा शंकाः सरोकारवाला

बुटवल । प्रदेश ५ को सरकारले ल्याएको नीति कार्यक्रम सन्तोषजनक भएपनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाले बताएका छन् ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश कार्यालय बुटवलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमले केहि कुरा समेटे पनि कृषि र केहि क्षत्रमा भने गोलमोल रुपमा नीति बनेको आरोप लगाएका हुन् ।

नेकपाका प्रमुख सचेतक दधिराम न्यौपाने माधवले सरकारको कार्यक्रम स्वभाबिक भएको बताउँदै केहि कुरा छुटेको बताएका छन् । उनले अत्यन्तै महत्वका साथ नीति कार्यक्रम आएको र छुटेका कुराहरु क्रमश ब्यबस्थित र समेटिदै जाने बताए । सरकारको यो नीति पहिलो भएको बताउँदै छुटेका कुराहरुलाई पनि सकारात्मक ढंगले बझ्न आग्रह गरे । प्रदेशको राजधानीको टुंगो बहुमतको आधारमा नहुने बताउँदे दुइ तिहाइले मात्रै पारित हुने र यसमा कसैको पनि ह्वीप नलाग्ने बताए।

नेपाली कांग्रेसका प्रमुख सचेतक सुरेन्द्र हमालले सरकारको नीति तथा कार्यक्रममा राजधानीको कुरा र नामाकरण उल्लेख नहुनु लाजमर्दो भएको बताएका छन् । नीति कार्यक्रम हेर्दा राम्रो तर भित्र तथा बिस्तृतमा केही नभएको बताए । प्रदेशमा केही कृषिका कुरा पनि समेटिएपनि त्यसको बैज्ञानीक कारण नखुलेको बताए ।
जग्गा चक्लाबन्दी नबनाएसम्म कृषिमा बैज्ञानीक बाली नहुने भन्दै सरकारको यसमा ध्यान नदिएको बताए । सघीय समाजबादी फोरमका नेता तथा प्रदेश सांसद सहश्रराम यादवले बोल्दै सरकारले ल्याएको नीति समृद्ध प्रदेश ,खुसी जनता भनेपनि नीति र सरकारको कामगर्ने शैलीले जनता खुसि नभएको आरोप लगाए । उनले प्रदेश बलियो नबनेको बताउँदै प्रदेश बलियो नबन्दा सम्म संघियता टिक्न नसक्ने ठोकुवा गरे।

नीति कार्यक्रमको कार्यान्वयनमा आशंका रहेको उल्लेख गरे । उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठले सरकारले ल्याएको एक गाउ एक उत्पादन, एक गांउ एक पोखरी,शीत भण्डार उपयुक्त भएपनि उद्योगको कुराहरु समेट्न नसकेको बताए ।  उनले उत्पादन इकाइ बनाएर काम गनुपर्ने बताउँदै मोतिपुर औद्योगिक क्षेत्रको डिपिआर र शिद्धबाबाको डांडो काट्ने काम कार्यान्यनको बारेमा सोच्नुपर्ने बताए ।

रपोर्टर्स क्वल नेपाल ५ नम्बर प्रदेशका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पस प्रमुख प्राडा ईश्वर गौतमले बोलेको थिए ।

प्रतिक्रिया दिनुहोस्