गगन थापा पक्षलाई आधिकारिकता बारे निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमााडौं, १ चैत । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । उक्त मुद्दाको पेसी क्रम सङ्ख्या २२ मा तोकिएको छ ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद भएको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ ।
देउवा पक्षले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नहुने उल्लेख गर्दै विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ ।














प्रतिक्रिया दिनुहोस्