राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठक आज बस्दै

काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो ।

प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् ।

उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका छन् ।

प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ । बैठकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्