अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं, २९ फागनु । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पणका लागि नेता, आफन्त र समर्थकहरू पुगेका छन् ।
गठ्ठाघरस्थित नेपाल(कोरिया मैत्री अस्पतालमा ९७ वर्षीय मोहनप्रसादको आज बिहान निधन भएको थियो ।
अहिले अस्पताल परिसरमा राखिएको ओलीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि एमालेसहित अन्य दलका नेता(कार्यकर्ता पुगेका छन् । नेकपा संयोजक प्रचण्ड पनि केही बेरअघि आएका छन् ।
श्रद्धाञ्जलीपछि केहीबेरमा पशुपति आर्यघाटनमा मोहनप्रसादको अन्त्येष्टिको तयारी छ । जेन(जी आन्दोलनको क्रममा झापामा रहेको घरमा आगजनीपछि ओलीका पिता काठमाडौंमै थिए । चुनावी घरदैलोको क्रममा ओलीले आफूले बुवालाई घर जलाइएको थाहा नदिएको बताएका थिए ।














प्रतिक्रिया दिनुहोस्