डा.देवकोटाको स्वास्थ्य अवस्था गम्भीर र सघन उपचार, हल्लाको पछि नलाग्न परिवारको अपिल

काठमाडौं । वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएपछि त्यस भ्रमलाई चिर्न देवकोटा परिवारले त्यस भ्रममा नपर्न अपिल गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

परिवाले शनिबार विहान जारी गरेको विज्ञप्तिमा फेसबुक र अन्य समाजिक सञ्जालमा आए जस्ता कुरो भ्रामक हो र यसको पछाडी नलाग्न सबैलाई आग्रह गदछौं, भनिएको छ, “उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खवरहरु सत्य नरहेको जानकारी गराइन्छ । डा.उपेन्द्रका भतिज बसन्त देवकोटाले भने यस्तो गम्भिर प्रकृतिको रोगमा केहि भन्न सकिंदैन उनले भने, समाजिक सञ्जालमा आए जस्तो कुरो प्रष्ट हुन आग्रह गर्छेु । ”
कलेजोको क्यान्सरबाट पिडित देवकोटा छ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए । हालसम्म उनको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तो भ्रम चिर्न डा देवकोटालाई ह्वीलचेयरमा राखेर अस्पतालको तलसम्म ल्याएर देखाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्