बालेन शाहलाई संसदीय दलको नेता बनाउन रास्वपाको विधान शंसोधन गर्नुपर्ने

काठमाडौं, २८ फागनु । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता र भावि प्रधानमन्त्री बनाउ विधान सच्याउनुपर्ने भएको छ । पार्टीएकता गरि वरिष्ठ नेता बालेनलाई चावि प्रधानमन्त्री घोषणा गरि निर्वाचनमा होमिएको पार्टीले विधानमा भएको व्यवस्थालाई संशोधन गर्नु पर्ने भएको छ । सम्झौता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसको कार्यान्वयनका लागि आफ्नो विधान सच्याउनुपर्ने देखिएको छ । रास्वपाको विधानमा उल्लेखित संसदीय दल नेता चयनसम्वन्धी व्यवस्थाको उल्लंघन भइसकेकाले संशोधन गर्नुपर्ने नेताहरुको तर्क छ ।

रास्वपा विधानको धारा ६६ ९८० मा संसदीय दलको नेता चयनबारे उल्लेख छ । जुन यसप्रकार छः

६६ ९८० ९क०– संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट प्रत्यक्ष र समानुपातिकतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुक उम्मेदवारहरुबीच प्रतिनिधि सभा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनुपर्छ ।

(ख) उपधारा (क)_बमोजिमको निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने छन् ।

(ग) धारा ९क० र ९ख० बमोजिम हुने निर्वाचनमा कुल खसेको सदर मतको ९५०५ं१० को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुनेछ । कुनै उम्मेदवारले कुल सदर मतको ९५०५ं१० को संख्यामा मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुनेछ । विजयी उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुनेछ ।

(घ) यस धाराबमोजिमको निर्वाचन केन्द्रीय समितिले तोकेबमोजिमको मितिमा हुनेछ र केन्द्रीय निर्वाचन आयोगले सो प्रक्रिया सञ्चालन गर्नेछ ।

(ङ) संसदीय दलको नेताविरुद्ध पार्टीका साधारण सदस्यहरुको बहुमतले यस विधानबमोजिम फिर्ता बोलाउने निर्णय नगरेसम्म पार्टीको संसदीय दलको नेताले दलको नेता रहन पाउने छ तर निजको कुनै पनि अवस्थामा विधान बमोजिमको योग्यता कायम नरहेमा केन्द्रीय समितिको निर्णयले संसदीय दलको नेताबाट हटाउन सकिने छ ।

(च) माथि जुनसुकै कुरा लेखिएको भए पनि स्वतन्त्र संसदीय दलको नेता राष्ट्रिय निर्वाचनमा पराजित भएकोमा वा कुनै कारणले संसदीय दलको नेताको पद रिक्त भएमा पार्टीको तर्फबाट विजयी भएका उम्मेदवारहरु बीच प्रतिस्पर्धामा संसदीय दलको नेता छनोटका लागि निर्वाचन हुनेछ । यस निर्वाचनमा पार्टीका सम्पूर्ण सांसदहरू सहभागी हुन पाउने छन् ।

(छ) उपचार (ङ) बमोजिम हुने निर्वाचनमा कुल खसेको सदर मतको ९५०५ं१० को संख्यामा मत ल्याउने उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुनेछ । कुनै पनि उम्मेदवारले कुल सदर मतको ९५०५ं१० को संख्यामा मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवार बीच पुनः निर्वाचन हुनेछ । विजयी उम्मेदवार पार्टीको तर्फबाट संसदीय दलको नेता हुनेछ ।

९ज० पार्टीको संसदीय दलको नेता पार्टीले सरकारको नेतृत्व लिएमा प्रधानमन्त्री हुनेछ ।

यी ७ वटा बुँदाहरूलाई सरलीकरण गरेर बुझ्दा रास्वपाले प्रतिनिधिसभा निर्वाचनभन्दा पहिल्यै आन्तरिक निर्वाचनमार्फत भावि संसदीय दलको नेता चयन गर्नुपथ्र्यो । पार्टीले प्राइमरी इलेक्सनमार्फच तयन गर्ने प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुले संसदीय दलको नेता बन्न प्रतिस्पर्धा गर्न सक्थे । तर, बालेन टिमसँगको एकीकरणका कारण प्रत्यक्षमा रास्वपाले प्राइमरी इलेक्स्न गर्न सकेन । समानुपातिकमा पनि प्राइमरी इलेक्सन आंशिक मात्रै भयो ।

रास्वपाले सहमतिका आधारमा बालेनलाई भावि संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाएको हो । यसमा विधानको अनुशरण भएको छैन । विधानमा रहेको व्यवस्था उल्लंघन भइसकेको हुँदा अब यसलाई पार्टीले प्रक्रियागतरुपमा मिलाउनुपर्ने हुन्छ । त्यसको विकल्प भनेको विधान संशोधन हो ।

त्यसो त निर्वाचन अगाडि नै संसदीय दलको नेता चयन गर्ने रास्वपाको विधानमा गरिएको व्यवस्था आफैंमा व्यवहारिक थिएन । नेपालका अन्य दलहरु मात्र नभएर संसदीय परिपाटी भएका जुनसुकै मुलुकमा पनि संसदीय दलको नेता निर्वाचन पनि सो पार्टीका सांसदहरु वा संसदीय दलले चयन गर्छ ।

रास्वपाले भने चुनाव जित्ने टुंगो नहुँदै पार्टीका साधारण सदस्यहरुले भोट दिएर संसदीय दलको नेता छनोट गर्ने अनौठो प्रावधान राखेको छ । यदि संसदीय दलको नेता छानिएको व्यक्तिले चुनाव नजितेमा जितेका सांसदहरुमध्ये फेरि चुनाव गराएर चयन गर्ने विधानमा व्यवस्था छ ।

रास्वपाका एक पदाधिकारी अब यो व्यवस्थामा संशोधन गरेर मात्रै बालेन संसदीय दलको नेता बन्ने बाटो खुल्ने बताउँछन् । पहिलो महाधिवेशन अगाडिसम्म रास्वपाको केन्द्रीय समितिले नै विधान संशोधन गर्न सक्ने प्रावधान रहेको छ । त्यसअनुसार सबैभन्दा पहिले केन्द्रीय समिति बैठक राखेर विधान संशोधन गर्नुपर्ने ती नेताको भनाइ छ ।

रास्वपामा बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनेमा कुनै विवाद छैन । त्यसैले केन्द्रीय समितिबाट गाँठो फुकाएर संसदीय दलले बालनेलाई नेता तोक्न कुनै कठिनाइ देखिँदैन । तर, केन्द्रीय समिति बैठकमा बालेन उपस्थित हुन्छन् वा हुँदैनन् भन्नेमा अन्योल छ। बालेनको तर्फबाट केन्द्रीय समितिमा मनोनीत भएकाहरू भने बैठकमा आउनेछन् । अहिलेसम्म केन्द्रीय समिति बैठक बोलाउने सुरसार देखिएको छैन । तर निर्वाचनको सबै प्रक्रिया सिएकोकाले सरकारको गठनको लागि प्रथमतः संसदीय दलको नेता चयन गर्नु पर्ने हुन्छ । अब पार्टी विधान शंसोधन गरि संसदीय दलको नेता चयनमा लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्