आईतबारदेखि साझाको फेरि तीनवटा रुटमा सेवा विस्तार
काठमाडौं । साझा यातायातले आइतबार देखि आफ्नो सेवा विस्तार गर्न लागेको छ । यस सगै साझाले भोलिबाट तीन वटा रुट थप गरेको छ ।
आइतबारदेखि विस्तार गर्ने साझा यातायातले उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो । जस अन्तर्गत थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायातका सिइओ महेन्द्र राज पाण्डेले बताए ।
साझाको सेवा विस्तारपछि स्थानीयहरु उत्साहित भएको र यसलाई अझै विस्तार र व्यवस्थित गर्दै लैजाने साझाको लक्ष्य हरेको छ ।
सेमी लो फ्लोर बससहित अहिले ४७ वटा बस रहेको साझाले २ सातापछि ४ वटा बस डिलक्स ल्याउँदैछ। उक्त बसलाई काठमाडौं बाहिर चलाउन प्रयोग गरिने साझाले जनाएको छ। बस आएपछि रूट तय हुने पाण्डेले जानकारी दिए।
यस्तै आगामी ५ महिनामा २० वटा सहरी बस ल्याउने साझाले ४७ बाट बसको संख्या ७१ र्पुयाउने लक्ष्य रहेको छ ।
उपत्यकामा साझाले अहिलेसम्म सूर्यविनायक(स्वयम्भु, पनौती(रत्नपार्क, धुलिखेल(रत्नपार्क, लगनखेल(नयाँ बसपार्क, लगनखेल(बुढानिलकण्ठ रूटमा सेवा दिएको छ भने, उपयका बाहिर काठमाडौं–बागलुङ रूटमा बस सञ्चालन गरिरहेको छ।
साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतिय टिकट प्रणाली ९इटिकेटिङ० समेत शुरु गर्ने तयारी गरेको छ।
साझाले पारदर्शीताको लागि आगामी दिनमा कार्डको व्यवस्था गरेर अघि बढ्ने योजना बनाएको छ । यसले गर्दा चुवावट रोकिने साझा विश्वास लिएको छ ।















प्रतिक्रिया दिनुहोस्