काठमाडौं शहरमा अझै सुधार भएको छैन वायुको गुणस्तरमा
काठमाडौं, २८ फागुन। काठमाडौं शहरमा निरन्तर वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार भएको छैन। पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ ।
रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ः१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स ९एक्यूआई० १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।
काठमाडौं आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये छैटौं स्थानमा रहेको छ । पहिलो स्थानमा उज्वेकिस्थान, दोस्रो स्थानमा भियतनाम, तेस्रो स्थानमा पाकिस्तानको लाहोर, चौथो स्थानमा भारतको दिल्ली र पाँचौ स्थानमा पनि भारतकै कोलकाता रहेका छन् ।
यसअघि अग्रस्थानमा रहेको बंगलादेशको ढाँका भने १० औं स्थानमा झरेको छ ।
प्रदूषण बढेपछि सरोकारवालाले सचेत रहन सबैलाई आग्रह गरेको छ । बाहिर निस्किंदा मास्क लगाएर मात्रै निस्किन आग्रह गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्