सुनको मूल्य फेरी बढ्यो
काठमाडौं, २७ फागुन । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १( हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य स्थिर भएको छ । आजको बजारमा चाँदी मंगलबार कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुने भएको हो । मंगलबारको बजारमा चाँदी तोलाको ५ हजार ७२) रुपैयाँमा कारोबार भएको थियो ।














प्रतिक्रिया दिनुहोस्