नेप्से आठ महिनाकै उच्च कारोबार
काठमाडौं, २६ फागुन । सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको नेप्से बजार मंगलबार भने घटेको छ ।
निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनु परेको थियो।
मात्रै करिब चार मिनेट कारोबार हुँदा नेप्से ६ प्रतिशत १६२ ले बढेको थियो।
मंगलबार पनि नेप्सेमा करिब एक सय अंकको स्विङ भने देखियो। बजार खुलेको केही समयसम्म २९११ मा रहिरहेको बजार केही समयमै घट्न थालेर कारोबारको मध्यमा २७९६ विन्दुसम्म पुग्यो।
कारोबार बन्द हुँदा भने नेप्से ३२ अंकले गिरावट भएको छ । नेप्से २८४३ अंकमा रोकिएको छ ।
मंगलबार कारोबार रकम भने करिब आठ महिनाकै उच्च भएको छ। यस दिन २१ अर्ब ५० करोड २० लमख रूपैयाँको सेयर किनबेच भयो।
यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोड रूपैयाँको सेयर किनबेच भएको थियो। त्यसयता पहिलो पटक कारोबार २१ अर्ब रूपैयाँ नाघेको हो।
यसदिन ३२९ वटा धितोपत्रको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ७८ कम्पनीको सेयरमूल्य बढेको छ भने १७८ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
यसदिन रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७४२ रूपैयाँ ८० पैसा कायम भएको छ।
यस्तै, साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७८४ रूपैयाँ पुगेको छ।
सर्वाधिक मूल्य घट्ने कम्पनीमा हिमस्टार ऊर्जा रहेको छ।
उक्त कम्पनीको मूल्य ६.३६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ४६ रूपैयाँमा झरेको छ।
यसैगरी, मितेरी डेभलपमेन्ट बैंकको मूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६५८ रूपैयाँ ९० पैसामा सीमित भएको छ।
मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४७१ रूपैयाँमा १ अर्ब ९ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३५२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३७७ रूपैयाँ ८० पैसामा ६९ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २।०६ प्रतिशतले घटेको छ।














प्रतिक्रिया दिनुहोस्