गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

काठमाडौं, २५ फागुन । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम करिब अन्ति च।णमा पुगेको छ । यसै क्रममा गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।

उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।

तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।

विगतलाई फर्केर हेर्दा २०७४ सालको निर्वाचनमा गोरखा–१ मा कांग्रेस माओवादीसँग पराजित बनेको थियो ।

माओवादी र एमालेबीच चुनावी तालमेल हुँदा कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग गठबन्धन गरेको थियो । २०७९ सालको निर्वाचनमा भने सो क्षेत्रमा कांग्रेस विजयी बन्यो तर माओवादी केन्द्रसँग गठबन्धन गरेर । गोरखा–२ प्रचण्डले लिए भने १ कांग्रेसको भागमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्