सुन र चाँदी दुवै धातुको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ फागुन। नेपाली बजारमा सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ६५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्