बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट
काठमाडौं, २५ फागुन। निर्वाचनपछिको पहिलो कारोबार दिन बजार खुलेको १ मिनेटमा नै पहिलो सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ।
प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो। फलस्वरुप बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो।
सो अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेको छ। त्यस्तै, सो अविधसम्ममा २३१ स्टकको १ हजार ६६९ पटकको कारोबारमा १८ करोड ९६ लाख १२ हजार रूपैयाँबराबरको ३ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।














प्रतिक्रिया दिनुहोस्