गोरखा–१ मा सुदन गुरुङको फराकिलो मतान्तरले अग्रता
काठमाडौं, २५ फागुन। गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङको अग्रता कायमै छ ।
उनले १९ हजार २ सय ९७ मतले अग्रता कायम गरिरहँदा ८ हजार मतको फराकिलो अन्तर छ ।
उनलाई कांग्रेसका प्रेम कुमार खत्रीले ११ हजार १ सय ६७ मतसहित पच्छ्याइरहेका छन् । यस्तै, नेकपाका हरिराज अधिकारीको ७ हजार २ सय १६ मत आएको छ ।
नेकपा एमालेका रामचन्द्र लामिछानेको २ हजार ७ सय २ मत आएको छ । उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरको २ सय ३६ मत आएको छ ।














प्रतिक्रिया दिनुहोस्