इलाम १ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा टक्कर

काठमाडौं, २५ फागुन। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम आउनेक्रम अझै जारी छ । यस्तै इलाम १ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले १० हजार ८४९ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले १० हजार ६५१ मत प्राप्त गरेका छन् ।

कांग्रेसका राईले १९८ मतले अग्रता कायम गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ मत प्राप्त गर्दा रास्वपाका विमल गदालले ६ हजार ७५८ मत प्राप्त गरेका छन् । यसले गर्दा यहाँ कडा टक्कर भएको हो ।

प्रतिक्रिया दिनुहोस्