जेनजी घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरका छौं: प्रवक्ता शर्मा
काठमाडौं, २४ फागुन । गत भदौ २३ २४ मा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदे आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए । उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए ।
प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं । हामीले देखेको, बुझेको जानेको र प्रमाणको आधारमा हामीले राय सुझाव दिएका छौं । अब यो सम्पत्ति सरकारको भयो । अब सरकारले आवश्यक कारबाही गर्ने, पुरस्कृत गर्नुपर्ने हो कि के गर्ने हो सरकारले गर्छ । जसले गल्ती गरेको छ, त्यसलाई कारबाही हुन्छ । जसले राम्रो गरेको छ, त्यसलाई कारबाही हुँदैन । जनताको स्पष्ट डिमान्छ छ कारबाही गर, हतकडी लगाउ भन्ने । ठिक छ, त्यो अब सरकारको सम्पत्ति भएको हुनाले सरकारले यो विषयमा बोल्छ । कारबाहीका शिफारिष गएिको छ ।
सबै गर्दाखेरि ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ । त्यसमा मिहिन रुपमा २३ गते र २४ गतेको घटनाहरुको विषयमा छ ।
जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ । त्यसमा कुनै दुईमत छैन । कारबाहीलाई सिफारिस छ । म डिटेल कुरा अहिले भन्दिनँ तपाईंहरुलाई ।
हामीले करिब २ सय प्लस मान्छेहरुलाई गर्यौं । केही बयान कागजहरु प्नि गरायौं । केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरुसँग पनि हामीले रायसुझाव लियौं ।














प्रतिक्रिया दिनुहोस्