ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल बिजयी, ५ मतको मात्रै मतान्तर
काठमाडौं, २४ फागुन । फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम आउनेक्र जारी छ । यसैक्रममा ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल बिजयी भएका छन् ।
पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।
तेस्रो भएका नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत पाएका छन् भने एमालेकी अस्मिता थापा १० हजार ७२० मतका साथ चौथो भएकी छन् ।
यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३८५८, उज्यालो नेपाल पार्टीका किशोरी कार्की ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३, राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत पाएका छन् । पोखरेल पूर्वएआईजी हुन् ।














प्रतिक्रिया दिनुहोस्