मकवानपुर- २ माराष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती विजयी

काठमाडौं, २४ फागुन । फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको मतगणना जारी छ । मकवानपुर क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का प्रशान्त उप्रेती विजयी भएका छन् ।

उनले ३१ हजार ७ सय २५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश कुमार बर्तौलाले १९ हजार ६ सय २४ मत ल्याए ।

जितको निर्वाचन आयोगबाट ओपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ४३६ मत ल्याएका छन् । नेकपाका लवशेर विष्टले १२ हजार ७ सय ५४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्