भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए बधाई

काठमाडौं, २३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभाकाृ निर्वाचन सफलता पूर्ण सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु । मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त प्रयोग गरेको देख्दा निकै खुसी लागेको छ ।’

उनले यस उपलब्धिलाई नेपालका लागि गौरवको क्षण बताउँदै भारत एक घनिष्ठ छिमेकीका नाताले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव नेपालको साथमा रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याएको छन् । यसले नेपाल भारत सम्बन्धलाई प्रगाढ अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्