बझाङमा ढुंगाले लागेर २ महिलाको मृत्यु
ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र अस्पताल लैजान एम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। हिजोआज सार्वजनिक निर्माणका काम गर्ने ठाउँमा पुरुषभन्दा स्थानीय महिलाको संख्या कामदारका रुपमा उल्लेख्य रहने गरेको पाइन्छ।















प्रतिक्रिया दिनुहोस्