सुन र चाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार
काठमाडौं, २२ फागुन। शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यसदिन सुन प्रतितोला ४ हजार २०० रुपैयाँले र चाँदी तोलामा ९५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुन प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ९५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४४५ रुपैयाँले कारोबार भइरहेको छ । बुधबारको बजार चाँदी तोलाको ५ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।














प्रतिक्रिया दिनुहोस्