रुकुमपूर्वको प्रारम्भिक मतगणना: नेकपाका संयोजक प्रचण्डले फराकिलो मतान्तर
काठमाडौं, २२ फागुन। देशभर प्रतिनिधि सभाको निर्वाचनको मत गणना सुरु भएको छ । रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लखनकुमार थापाले १७६ मत ल्याएका छन् ।














प्रतिक्रिया दिनुहोस्