निर्वाचन विरुद्ध गतिविधिमा संलग्न ७६ जनालाई पक्राउ

काठमाडौं, १९ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसहित ६ वटा समूह अहिले निर्वाचन बिथोल्न सक्रिय रहेको प्रहरीको विश्लेषण छ । प्रसाईं सहित निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता ९डीआईजी० अविनारायण काफ्लेले जानकारी दिए ।

प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि १४२ जना पक्राउ परे पनि अदालतको आदेशले ६६ जना छुटेका छन् । फागुन १८ मा मात्र ९ जनालाई पक्राउ गरिएको डीआईजी काफ्लेले बताए ।

प्रसाईं समूह, धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत), आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र पहिचानको आन्दोलनमा सक्रिय समूहले निर्वाचन विरोधी गतिविधि गरिरहेको प्रहरीको विश्लेषण छ । बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ परेर रिहा भैसकेका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ । सुरक्षाको दृष्टिकोणले मतदान स्थललाई ३ भागमा वर्गीकरण गरिएको छ । सुरक्षा चुनौती नभएको ठाउँको मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्