अमेरिका–इजरायल आक्रमणका क्रममा २४ घण्टामा ९६ जनाको मृत्यु, ७४२ जना मारिए
काठमाडौं, १९ फागुन । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ ।
अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो ।
मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी ९एचआरएएनए० ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ ।
अमेरिकाको वाशिङ्टन डीसीस्थित उक्त समूहले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि हालसम्म सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ ।
यसमा १७६ जना बालबालिका पनि समावेश रहेको बताइएको छ । यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृत्यु संख्या ५५५ जना रहेको जनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।
एचआरएएनएका अनुसार सोमबारका अमेरिका–इजरायल आक्रमणहरूमा विभिन्न स्थान र पूर्वाधारहरू लक्षित गरिएका थिए । जसमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र र बन्दर अब्बासस्थित शाहिद बहोनार पियर पनि समावेश छन् ।














प्रतिक्रिया दिनुहोस्