निर्वाचन आउन २ दिन बाँकी रहँदा मानिसहरू काठमाडौं छाड्ने क्रम, गाउँघरमा निर्वाचनको रौनक
काठमाडौं, १९ फागुन । प्रतिनिधि सभाको सदसयको निर्वाचन आउन २ दिन बाँकी रहँदा मानिसहरूले काठमाडौं छाड्ने क्रम जारी छ। निर्वाचनमा मतदानका लागि सबै निर्वाचन सामाग्रीहरु मतदान केन्द्र पुर्याई सएिको छ । निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी पनि केन्द्र पुगि सकेको अवस्था छ ।
रोजगारी, अध्ययन र अन्य शिलशिलामा काठमाडौंमा बस्दै आएकाहरू चुनावका लागि आफ्नो पुर्ख्यौली थलो फर्किरहेका छन्।
मंगलबार बिहान काठमाडौंको नयाँ बसपार्कदेखि कलंकी सम्मै ठाउँ ठाउँमा मानिसहरू गाडी कुरिरहेका छन् । रोकिएका गाडीहरूमा यात्रुहरू चढिरहेका थिए। यसले निर्वाचनका लागि सबै मतदाताहरु आफ्नो मतदान स्थाल घरथलो लागेका हुन् । यसले गर्दा गाउँघरमा निर्वाचनको रौनक बढाएको छ ।
चुनावको समय भएकाले लामो दूरीका सवारी साधनहरूमा खचाखच यात्रु देखिन्थे।
सडकमा लामो दुरीमा चल्ने सवारी साधन पनि बाक्लै छन्। चुनावका लागि गएरातिदेखि मौन अवधि सुरू भइसकेको छ।
मतदानको दिन अत्यावश्यक सवारी साधनबाहेक अरू सवारी साधन चल्दैनन्। आज र भोलि मात्रै सार्वजनिक सवारी साधन चल्ने भएकाले काठमाडौं छाड्ने मतदाताहरूको संख्या यो दुई दिनमा थप बढ्नेछ।














प्रतिक्रिया दिनुहोस्