कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्दै
काठमाडौं, १७ फागुन । निर्वाचनको मुखमा नेपाली कांग्रेसले आज(आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्दै छ।
चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्।
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।
दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसबाट पत्रकार कबिर राणा उम्मेदवार छन्।
काठमाडौं(२ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् । त्यहाँ कबिर शर्मा कांग्रेसका उम्मेदवार छन्।
काठमाडौं(७ को बालाजुमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगन थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्। त्यहाँ प्रमोदहरि गुरागाईं कांग्रेसका उम्मेदवार छन्।
दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ।
काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति कृष्णसबुज बानिया उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।
यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तालिका रहेको छ।
काठमाडौं( ४ मा कांग्रेसबाट सचिन तिमल्सेना उम्मेदवार छन्। यसले आज काँग्रेसको चुनावी सभा निकै व्यस्त हुने छ ।














प्रतिक्रिया दिनुहोस्