पाँच वर्ष देश चलाउने जिम्मेवारी दिनुस बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउँछौं: सभापति थापा

काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने दाबी गरेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिवार आयोजित सर्लाही९१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अब बन्ने कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने बताए।

उनले भने, ‘वैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ। यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गतिसमेत तीव्र हुनेछ।’

नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबीसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्