आईपीओ बाँडफाँट
काठमाडौँ १४ फागुन । रिज लाईन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आह्वान गरेको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज एक काय्र्रक्रमकाबीच बाँडफाँट गरिएको हो।
कम्पनीले प्रतिकित्ता एकसय रुपैयाँ अंकित मूल्यका ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको ११ लाख ८० हजार २६० कित्ता शेयर निष्काशन गरेकमा २५ लाख ३७ हजार तीनसय एक जनाले आवेदन हालेका थिए । कम्पनीले दुई कारोड ७१ लाख ३२ हजार २३० कित्ता शेयर खरिदका लागि आवेदन दिएको जनाएको छ ।
मागभन्दा आवेदन अधिक परेकाले गोलाप्रथा गरेर कम्पनीले आईपीओ बाँडफाँट गरेको बताइएको छ। एक लाख १८ हजार २६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेको जनाइएको छ। विभिन्न कम्पनीले पछिल्लो समय सर्वसाधारणका लागि आईपीओ खुल्ने क्रम जारी छ ।














प्रतिक्रिया दिनुहोस्