काँग्रेसले आज एकैदिन तीन स्थानमा चुनावी सभा गर्दै, सभापति थापा र उपसभापति शर्माले सम्बोधन गर्ने
काठमाडौं, १४ माघ। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले आज एकैदिन देशका तीन फरकफरक स्थानमा चुनावी सभा गर्दैछ।
जनकपुर (मधेस सभा) बाट सुरु गरेको सभा नेपाली कांग्रेसले आज एकैदिन सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।
सुर्खेत, बाँके र रूपन्देहीमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शिर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।
कांग्रेसले भोलि फागुन १५ गते पोखरामा चुनावी गर्दैछ भने फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।
कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन।














प्रतिक्रिया दिनुहोस्