मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १४ माघ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा पानी परेको छ।

महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा मकवानपुरको भोर्लेनीमा १८.२ मिलिमिटर वर्षा भएको छ। दोलखाको जिरीमा १०.४ मिलिमिटर, ललितपुरको लेलेमा ८ मिलिमिटर, बाह्रबिसेमा ५.८ मिलिमिटर, बागलुङको गलकोटमा ११ मिलिमिटर, कास्कीको रिबनमा ७.८ मिलिमिटर वर्षा मापन भएको छ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू/भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू/भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्